दल

कांग्रेस केन्द्रीय संसदीय समिति आज बन्दै

इकागज |
चैत १५, २०७८ मंगलबार ६:३९ बजे

काठमाडौँ - कांग्रेस केन्द्रीय समितिले आज संसदीय समिति बन्दैछ । कांग्रेस प्रवक्ता पकाशशरण महतले मंगलबारको बैठकबाट चुनावी गठबन्धन र संसदीय समिति टुंगो लाग्ने बताएका छन् । संसदीय समिति २५ सदस्यीय हुनेछ । 

आज बन्‍ने संसदीय बोर्डमा १३ पदाधिकारीसहित अन्य हुनेछन् । यस्तै कोषाध्यक्षका लागि ठाउँ खाली राखिएको छ । 


११ जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ । संसदीय समितिको काम निर्वाचनमा टिकट वितरण गर्नु हो । 

कांग्रेसको विधानमा चार तहको संसदीय समिति रहने व्यवस्था छ । केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र प्रतिनिधिसभा संसदीय समिति । 

केन्द्रीय संसदीय समितिले महानगरपालिका, प्रदेश र प्रतिनिधिसभाको टिकट वितरण गर्छ । प्रदेशले नगरपालिका र उपमहानगरपालिकाको टिकट वितरण गर्दछ । 

जिल्ला संसदीय समितिले गाउँपालिकाको टिकट वितरण गर्छ भने प्रतिनिधिसभा संसदीय समितिले वडाको टिकट वितरण गर्दछ । 


Author

थप समाचार
x