दल

आगामी निर्वाचनमा पाँच दलीय र चार दलीय गठबन्धन बन्छः खनाल

इकागज |
चैत १६, २०७८ बुधबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताएका छन् । 

बुधबार पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताएका हुन् । 


उनले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलीय गठबन्धन बन्नसक्ने बताएका हुन् । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उनले बताए । 

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताए । 

उनले गैर आवासीय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताए । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उनले बताए । आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उनले जोड दिए । ।


Author

थप समाचार
x