दल

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भए - अध्यक्ष दाहाल

इकागज |
चैत १६, २०७८ बुधबार १८:४३ बजे

फाइल फोटो

चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन् । 

आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । उनले भने, `वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता भई नै रह्यो ।` 


उनले आफूले जनतासँग गरेको वाचा पुरा गरेको बताए । नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उनको भनाइ थियो । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको उनले बताए । 

    


Author

थप समाचार
x