जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको देख्छु : प्रचण्ड
फाइल तस्बिर
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरि माओवादीप्रतिको आकर्षण बढ्दै गएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको देख्छु । म देशभरि घुमेको छु,’ उनले भने, ‘यसो भनेर म कुनै अहंकार गर्दै छैन ।’
प्रचण्डले माओवादी केन्द्रले देशमा आउने प्रत्येक संकट मोचनमा भूमिका खेल्दै आएको भए पनि सबैले स्वीकार गर्न नसकेको विचित्र अवस्था रहेको बताए । देशलाई राजनीतिक अफ्ठेरोबाट बचाउनेमा माओवादी नै भएको उनको जिकिर थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया