लोसपाले जुनै पार्टीसँग पनि गठबन्धन गर्ने
फाइल फोटो
काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनैपनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो
। स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए ।
गाउँपालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको उहाँले उल्लेख गरे ।
उनले भने – ‘हाम्रो कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन पनि चलेको हो । आजको बैठकमा हामीले भएको हाम्रो जुन पार्टीको विधान हो । त्यसलाई परिमार्जन समेत हामीले पारित ग¥यौँ । दोस्रो कुरो आजको सम्पूर्ण बैठक स्थानीय निर्वाचनलाई नै केन्द्रीत गरेर बृहत छलफल भयो । त्यो छलफलबाट एउटा गठबन्धन सम्बन्धमा पनि हामीले निर्णय ग¥यौँ । अहिले हामीले कुनै खास दलसँग गठबन्धन गर्दैनौँ । आफ्नो जिल्लाले, प्रदेशले र स्थानीय गाउँपालिका, नगरपालिकाले आवश्यकता र औचित्य हेरी उसले गठबन्धन गर्न पाउने उसलाई निर्णय हामीले ग¥यौँ । कोसँग, कहाँ, कसरी गर्ने हो ? त्यो जिम्मेवारी लोकललाई नै दियौँ । त्यसको अनुगमन प्रदेश र जिल्ला समितिले पनि गर्छ ।’
बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया