रसुवा कांग्रेसले दियाे घरदैलाे अभियानलाई तीव्रता
रसुवा- नेपाली कांग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा काँग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको प्रतिनिधिसभा सांसद एवं केन्द्रीय सदस्य माेहन आचार्यले बताए ।
नेपाली कांग्रेसले सुरु गरेकाे ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको बताइएकाे छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम भैसकेकाे छ ।
संमृद्ध रसुवा निर्माणका लागि रसुवाली जनतासँगकाे अन्तर्क्रिया र स्थानीय सहभागितामा आधारित विकासलाई साथसाथै अघि बढाइएकाे आचार्यकाे भनाई छ । पाँच स्थानीय तह भएको रसुवामा ३२ हजार ३२३ मतदाता छन् । स्थानीय तहको अघिल्लाे निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ता अहिले काँग्रेसमा प्रवेश गरिसकेका छन्।
घरदैलाे अभियानसँगै पार्टी प्रवेश कार्यक्रमलाई पनि तीव्रता दिइएकाे आचार्य बताउँछन्। रसुवाको कालिका गाँउपालिका वडा १ ग्राङमा ने क पा माओवादि केन्द्र र ने क पा एमाले परित्याग गरि १५० भन्दा बढि नेता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । कालिका गाँउपालिका १ ग्राङ मा नेपाली कांग्रेस द्वारा आयोजित वडा सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै आचार्यले कांग्रेस नेतृत्वले मात्र विकासकाे लहर ल्याउने बताएका थिए ।
‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानमा रसुवाली जनताको उल्लेख्य सहभागिता रहेकाे भन्दै उनले सो अभियान मार्फत अहिले कांग्रेसनेताहरू जनताको घर दैलोमा पुगिरहेकाे साथै समृद्ध रसुवा निर्माणकालागि आफ्नो कायकालमा सडक ,पूल, खानेपानी ,सिंचाई , स्कूल र स्वास्थ्य चौकी निर्माणमा धरै काम भएको आचार्यकाे भनाई थियाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया