आरजु राणाले भनिन्, ‘प्रमको भ्रमण नेपाल–भारत सम्बन्धका सबै आयामलाई प्रगाढ बनाउन केन्द्रित’
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा प्रथम महिला एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणाले प्रधानमन्त्रीकाे भ्रमण दुई देशबीच सम्बन्धका सबै आयामलाई अझै प्रगाढ बनाउने दिशातर्फ निर्देशित रहेको बताएकी छिन् ।
‘यो भ्रमणमा हामीले विद्युत् व्यापार सम्झौता गरेका छौं, जलस्रोतको विकासको संयुक्त योजना बनेको छ । यहाँबाट हाम्रा किसानका लागि रसायनिक मल प्राप्त हुँदैछ,’ भारतीय टेलिभिजन एसियन न्यूज इन्टरनेशनल (एएनआई)लाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘जनस्तरमा नेपालीले भारतसँग सधैं प्रगाढ सम्बन्ध होस् भन्ने चाहेका छन् । भारतप्रति नेपालीको सद्भाव रहेको छ ।’
उनले काशी विश्वनाथको पूजा गरेपछि आफ्नो जुनी (जीवन) सफल भएको पनि उल्लेख गरिन् ।
सन् १९९०मा, सन् २०१७ मा र अहिले विश्वनाथको भ्रमण गरेको भन्दै उनले पछिल्लो पाँच वर्षमा विश्वनाथमा आकाश–पातालको फरक महशुष गरेको उल्लेख गरिन् ।
‘पहिले म आउँदा यहाँ स–साना गल्ली थिए । धेरै हिंडेर हामी मन्दिर पुगेका थियौं,’ उनले भनिन्, ‘अहिले त विश्वनाथबाटै गंगाको दर्शन गर्न मिल्ने भएको रहेछ । गंगा स्वच्छ पनि भएको रहेछ ।’ अढाई सय वर्ष पहिले नेपालमा पशुपतिनाथ मन्दिर निर्माण गर्दाकै कल्पनामा गंगा किनारमा विश्वनाथ मन्दिरको स्थापना भएको एकरूपताका चर्चा गर्दै उनले विश्वनाथमा पूजा गरेर आफ्नो जुनी सफल भएको बताइन् ।
‘आज मैंले र मेरा श्रीमानले पूजा गर्यौं, हामी हिन्दूवादीका लागि त जुनी सफल भयो,’ उनले भनिन् ।
त्यसपछि राणालाई सोधिएको थियो, ‘के (वर) माग्नुभयो ?’
उनले भनिन्, ‘हामीले देशको शान्ति, विश्वशान्तिका लागि आशिर्वाद र प्रगति तथा आफ्नो सुस्वास्थ्यको कामना गर्यौं ।’
उनले भारत नेपालको संस्कृति, धर्म, भाषा, सभ्यता एकै भएको बताइन् । विश्वनाथ र पशुपतिनाथको चर्चा पुराणमा (पौराणिक कालदेखि) नै उल्लेख भएको भन्दै यी दुई सम्पदाको महत्वपूर्ण इतिहास रहेको बताइन् । राणाले उनका कतिपय नातेदारले वनारसमा घर लिएर बसेको उल्लेख गर्दै धेरै नेपालीहरू जीवनको अन्तिम अवस्थामा काशी आएर गंगामा आफ्नो प्राण त्याग गर्ने उत्कट चाहना राख्ने गरेको चर्चा गरिन् ।
अहिले धेरै मानिसहरू सांसारिक भएको भन्दै अहिले संस्कृति केही परिवर्तन भएपनि आम मानिसहरूमा विश्वास भने अडिग रहेको बताइन् । उनले देवघाट त्रिवेणी धाम (चितवन)मा अहिले पनि धेरै मानिसहरू जाने गरेको चर्चा गरिन् ।
उनले काशी विश्वनाथको भव्यता देखेर चकित भएको र विश्वनाथमा पूजाअर्चना गरेर हर्षित भएको भन्दै नेपाल र भारताको निकट सम्बन्ध सदियौंदेखि चलिआएको र यो जारी रहने बताइन् ।
हृदयस्पर्शी स्वागतका लागि मुख्यमन्त्री योगी आदित्यथान र काशीका जनतालाई धन्यवाद दिदैं राणाले भारतीयहरू नेपाली तीर्थस्थलहरूमा जाने र नेपालीहरू भारतका बद्रीकेदार, हरिद्वार, द्वारिका, रामेश्वरम चारधामका लागि आउने गरेको उनको भनाई थियाे ।
#WATCH | Arzu Rana Deuba, wife of Nepal PM Sher Bahadur Deuba, thanks PM Modi & UP CM Yogi Adityanath for the warm welcome & talks about the major facelift of the Kashi Vishwanath corridor in Varanasi, Uttar Pradesh pic.twitter.com/ANGFVH8XVW
— ANI (@ANI) April 3, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया