दल

‘देशमा स्थायित्व चाहनेहरु एमालेमा गोलबद्ध हुनुपर्छ’

इकागज |
चैत २१, २०७८ सोमबार १९:२४ बजे

फाइल फोटो

चितवन - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन् । 

अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन् । 


चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उनले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताए । 

`नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली कांग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ`, पोखरेलले भने । राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताए । 

सो कार्यक्रममा वरिष्ठ नेता पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताउनुभयो । 


Author

थप समाचार
x