माधव नेपाल भने - सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइन्छ
फाइल फोटो
कपिलवस्तु - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइने बताएका छन् ।
कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताए ।
आगामी स्थानीय तहको निर्वाचनमा एकिकृत समाजवादी पहिलो पार्टी बन्ने उनले ठोकुवा गरे ।
कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले समेत आफ्नो धारणा राखेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया