सबै परिवर्तनमा सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण छ - सञ्चारमन्त्री कार्की
फाइल फोटो
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका हरेक राजनीतिक परिवर्तनमा नेपाली सञ्चार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।
उनले भने, `अबको गन्तव्य राष्ट्रिय र सामाजिक एकतालाई सुदृढ गर्दै समृद्धि हासिल गर्नु रहेकाले यसमा सबैको साथ र समर्थन आवश्यक छ ।`
सरकार सदैव प्रेस स्वतन्तत्राको पक्षमा रहेको र सञ्चार क्षेत्रलाई समृद्ध बनाउन सञ्चारकर्मीको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कार्कीले त्यसका लागि सरकार सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताए ।
उनले अबको १० वर्षभित्रमा समृद्ध नेपाल र धनी नेपाली बनाउने आकांक्षाका साथ सरकार अघि बढेको उल्लेख गर्दै यस अभियानमा सबै क्षेत्रको योगदान अपरिहार्य हुने औँल्याए । नेपालको संविधानले परिकल्पना गरेको विकास, समृद्धि सामाजिक एकता हासिल गर्न सबै एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया