दल

भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन: अध्यक्ष लिङ्देन

इकागज |
चैत २२, २०७८ मंगलबार २२:११ बजे

फाइल फोटो

बागलुङ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे ।   

अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए । `भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो`, उनले भने । 


राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए।

गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने भन्दै अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पुर्‍याउन मतदातासँग आग्रह गरे । 


Author

थप समाचार
x