दल

मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्छ: मन्त्री कार्की

इकागज |
चैत २५, २०७८ शुक्रबार १५:० बजे

फाइल फोटो

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । 

नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासका लािग सवै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।


उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राखे । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे । 

बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ । 


Author

थप समाचार
x