दल

पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य : आपसी मतभेदलाई पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं

ठाउँ र अवस्थाअनुसार तालमेल गर्ने

इकागज |
चैत २८, २०७८ सोमबार ११:५३ बजे

काठमाडौँ - पाँच दलीय सत्ता गठबन्धनले चुनावमा तालमेल गर्ने घोषणा गरेको छ । सोमबार बिहान संयुक्त अपिल जारी गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् । 

'समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध रहेको र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,' अपिलमा भनिएको छ, 'त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचदलका सम्पूर्ण साथीहरूलाई आह्वान गर्दछौं ।



 


Author

थप समाचार
x