दल

सत्ता गठबन्धन दलको बैठक भोलि पुनः बस्ने

इकागज |
चैत २८, २०७८ सोमबार १२:१२ बजे

फाइल फोटो

काठमाडौँ - सत्ता गठबन्धनको बैठक भोलि पुनः बस्ने छ । भोलि अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भन्दै संयुक्त अपिल जारी गरेका छन् ।  


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x