मिश्रले उठाएको उम्मेदवारप्रति विवेकशीलकै नेताहरूको विरोध, अर्को उम्मेदवार उठाउने तयारी
फाइल तस्बिर
काठमाडौँ - विवेकशील साझा पार्टीले काठमाडौँको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेसँगै पार्टीमा विवाद देखिएको छ । महानगरको उम्मेदवार केन्द्रीय समितिले तय गर्ने निर्णय भए पनि रवीन्द्र मिश्रले एकल हिसाबबाट आफ्नो नजिकको पात्रलाई उम्मेदवार बनाएको भन्दै विवाद उत्पन्न भएको हो।
पार्टीमा कुनै छलफल र केन्द्रीय कमिटीको बैठकविना काठमाडौँ जिल्ला संयोजकलाई समेत जानकारी नदिई मिश्रले एकल निर्णय गरेको भन्दै इतर पक्षले असन्तुष्टी जनाएको छ । कार्यसम्पादन समिति भनेर मिश्रले आफू निकटको एउटा कमिटी बनाएर निर्णय गरेको उनीहरूको आरोप छ ।
रवीन्द्र मिश्र अहिले पार्टीमा अल्पमतमा छन् । उनलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ। १६३ केन्द्रीय सदस्य रहेकोमा ९६ जनाको सहमतिसहित कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
केन्द्रीय सदस्यहरूले रवीन्द्र मिश्रलाई बारम्बार बैठक बोलाएर कोरम पुर्याउन चुनौती दिँदै आएका छन्। बहुमत केन्द्रीय सदस्यहरूले उम्मेदवारी रद्द गराइ अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया