गठबन्धनमा एसको भूमिका महत्वपूर्ण हुन्छ: नेपाल
फाइल फोटो
बलेवा - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूमध्ये नेकपा (एस)को भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
पुराना नेताहरू रहेको नयाँ दल भए पनि जनताको आकर्षण एकीकृत समाजवादीमा रहेको भन्दै उनले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
विचार मिल्नेहरूका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उनले दक्षिण पन्थी अवसरबादका विरुद्धमासँगै लडाइँको मैदानमा जाने दाबी गरे ।
कम्युनिष्ट पार्टी बनाउनेले नै विद्रोह गर्नुपरेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको उनले बताए । पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आएका नेता नेपालले आज बागलुङ बजारमा भेलालाई सम्बोधन गर्दैै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए ।
उनले आफ्नो पार्टीमा जनलहर सुरु भएको पनि बताए । संस्थापक पुष्पलालदेखि आफ्नो पालामासमेत नेतृत्वको अर्कमन्यताले विद्रोह गर्नुपरेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले विद्रोह गरेको स्मरण गर्दै उनले बहुमतलाई कारबाही गर्न खोजेपछि आफूले विद्रोह गर्न बाध्य भएको बताए ।
नेपालले भने, `विरोधीजति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।` उनले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीबाट केही आस गर्न नसकिने बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया