दल

पाँच दलीय गठबन्धन घ्यू र तरबार बेचुवा बिचको सौदाबाजी : रिजाल

इकागज |
बैशाख ३, २०७९ शनिबार ८:११ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धनलाई पाँचतिर फर्केका घ्यू बेचुवा र तरबार बेचुवाको संज्ञा दिएका छन् । शनिबार सामाजिक सन्जालमार्फत रिजालले स्वार्थ, आशंका र प्रतिशोधको जगमा खडा भएको ‘ढोडको लौरो’लाई एमालेले परास्त गर्ने जिकिर गरेका छन् । एमालेसँग बलियो संगठन, दृढ नेतृत्व, अपूर्व सक्रियता र जनताको अपार माया रहेको उनको भनाइ छ । 

'पाँचतिर फर्केका र पाँचवटा चुनाव चिह्न बोकेर नेकपा (एमाले) विरूद्धमा मोर्चा बनाएका पाँच दलको गठबन्धन घ्यू बेचुवा र तरबार बेचुवाबीचको सौदाबाजी मात्र हो,' उनले लेखेका छन्, 'स्वार्थ, आशंका र प्रतिशोधको जगमा खडा भएको यो ‘ढोडको लौरो’लाई परस्त गर्न हाम्रो बलियो संगठन, दृढ नेतृत्व, अपूर्व सक्रियता र जनताको अपार माया पर्याप्त हुन्छ ।'
 



Author

थप समाचार
x