दल

महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्छ : कांग्रेस प्रवक्ता महत

'ओलीजी गफ गर्नुहुन्छ, हामी काम गर्छौँँ'

इकागज |
बैशाख ४, २०७९ आइतबार ९:३ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसले महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रबाट गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय आवश्यकताअनुसार महानगर र उपमहानगरमा तालमेलको निर्णय केन्द्रले गर्ने बताएका हुन् । 

काँग्रेस प्रचारप्रसार समितिले आइतबार प्रेस युनियनका पत्रकारसँग गरेको जुम मिटिङमा प्रवक्ता महतले तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । 'स्थानीय आवश्यकताअनुसार उपमहानगर र महानगरमा गठबन्धनलाई कुन दिने/लिने  केन्द्रले तय गर्छ,' उनले भने, 'अरु तल्लो तहको आवश्यकता अनुसार हुन्छ । तालमेल हुन नसकेका स्थानमा स्वस्थ प्रतिस्पर्धा हुन्छ ।'


उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गफ धेरै गर्ने गरेको भन्दै आफूहरू काम गरेर देखाउने बताए । कम्युनिष्टले कामै नगरेर प्रचार गर्ने गरेको भन्दै काग्रेसले काम गर्ने उनको भनाइ छ । युनियनमा आवद्ध पत्रकारलाई कांग्रेसको राम्रो कुरा प्रचार गर्न उनले आग्रह गरे । 


Author

थप समाचार
x