रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा सुरु भएको छ ।
गठबन्धन दलहरु रहेको समितिको आजको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा कसलाई कहाँ भाग लगाउने भनेर रिपोर्ट तयार गरेर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउनेछ । सोही रिपोर्टका आधारमा सत्ता गठबन्धनका नेताहरुले महानगर र उपमहानगरमा भागबण्डा गर्ने बताइएको छ ।
केन्द्रले उपमहानगर र महानगरपालिकाका उम्मेदवार टुङ्ग्याउने, प्रदेश संयन्त्रले गाउँपालिका र नगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने र जिल्ला संयन्त्रले वडाको उम्मेदवार टुङ्गो लगाउने सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया