एमाले सचिवालय बैठक आज बस्दै, निर्वाचनका विषयमा छलफल हुने
फाइल तस्बिर
काठमाडौं - नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको हो ।
स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।
केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया