दल

एमालेलाई ठाटीकाँधमा उम्मेदवार छान्नै धौ-धौ

श्रीमतीलाई अध्यक्ष सिफारिस गर्न एमाले प्रदेश अध्यक्षको दौडधुप

इकागज |
बैशाख ५, २०७९ सोमबार ८:३८ बजे

सुर्खेत -  नेकपा एमालेलाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टु‌ंगाे लगाउन नै धाै-धाै परेकाे छ । एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीले निर्णय लिन सकेकाे छैन ।

‘उम्मेदवार छनाेट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएकाे छ । उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनु भएकाे छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । शक्ति देखाउन खोजिरहनुभएको छ ।’


उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनावविना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका हुन् । 

ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन् ।

शाहले भने आकांक्षीकाे नाम प्रदेश कमिटीमा सिफारिस गर्न गाउँ कमिटीलाई भनिए पनि नमानेकाे बताए । उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी  गरेका छन् ।


Author

थप समाचार
x