सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ – आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकालगायत विभिन्न पालिकाहरूमा बाँडफाँट गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धनका दलहबीचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी छन् ।
त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ ।
जनता समाजवादी पार्टीबाट अध्यक्षद्वय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागि छन् भने नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरू सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया