दल

भागबण्‍डाबारे जुटेन सहमति

सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकियो, आजै साँझ फेरि बस्ने

इकागज |
बैशाख ५, २०७९ सोमबार १३:९ बजे

काठमाडौँ - सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक विना निष्कर्ष टंगिएको हो ।

सोमबार बिहान बसेको बैठक पुन: बस्नेगरी स्थगित भएको माओवादी अध्यक्ष प्रचण्‍डका स्वकीय सचिवल रमेश मल्लले जानकारी दिए ।


उनका अनुसार गठबन्धनको अर्को बैठक आजै फेरि बस्ने छ । महानगर/उपमहानगरको भागबण्‍डाबारे अहिलेसम्म कुरा मिलिनसकेको उनले बताए । आज बेलुकीसम्म भागवण्डाबारे टुंगो लाउने गरी छलफल चलेको उनको भनाइ छ । 

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलालगायतका नेताहरू सहभागी थिए ।

त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता थियो भने जनता समाजवादी पार्टीबाट अध्यक्षद्वय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । 

नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरू सहभागी थिए ।

गठबन्धनको बैठक आइतबार पनि बसेको थियो ।


Author

थप समाचार
x