दल

सत्ता गठबन्धनको बैठक बस्दै

इकागज |
बैशाख ६, २०७९ मंगलबार ६:२४ बजे

फाइल तस्बिर

काठमाडौं –  महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारमा भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने  कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आजको बैठकले महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने उनले विश्वास व्यक्त गरे । ‘सबै ठाउँमा सहमति जुट्न सकेन आज साढे ११ बजे बैठक बसेर टुंग्याउँछौं’ उनले भने ।


उपमहानगर र उपमहानगरको भागबण्डका विषयमा टुंगो लगाउन यसअघि सोमबार दुई पटक बैठक बसेको थियो। सबै दलले आआफ्नो अडान नछाडेपछि बैठक विनानिष्कर्ष सकिएको थियो । बैठक आइतबारदेखि लगातार बसिरहेको छ ।

बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँडका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो । 


Author

थप समाचार
x