दल

स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

इकागज |
बैशाख ६, २०७९ मंगलबार १०:२४ बजे

फाइल तस्‍बिर

काठमाडाैं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने दोहोर्‍याएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले 'निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका हुन् । 

मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, 'निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।'


स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाउँदै आएको छ । एमाले  केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेकाे थियाे ।

त्यसकाे भाेलिपल्ट थपलियाले भनेका छन्, 'निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।' 
 


Author

थप समाचार
x