दल

स्थानीय तह निर्वाचन

ललितपुरको मेयरमा विवेकशील साझाले उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार उठाउने

इकागज |
बैशाख ६, २०७९ मंगलबार १०:४५ बजे

काठमाडौँ - विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । पार्टीले आज दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्न लागेको हो । 

श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए ।  यसअघि विवेकशील साझाले काठमाडौँमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।
 



Author

थप समाचार
x