कांग्रेस मकवानपुरको पार्टी अफिसमा ताला
मकवानपुर - नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाईदिएका छन् ।
पार्टी कार्यालयमा नेपाली कांग्रेस हेटौंडा नगर समितिको बैठक बसिरहेको बेला कार्यकर्ताले ताला लगाईदिएका हुन् । नेपाल तरूण दल हेटौंडा उपमहानगर समितिको नेतृत्वमा भातृ संगठनहरू समेतको संलग्नतामा ताला लगाईएको हो ।
गठबन्धन गर्दा हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनु पर्ने नत्र गठबन्धन नगर्ने निर्णय गर्न कार्यकर्ताको माग छ । बैठकमा नगरका सबै वडाका पार्टी सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय सदस्यहरू समेतको उपस्थिति छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनमा कांग्रेसलाई सम्मानजनक भाग नहुने छनक पाएपछि दवाब दिन कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाउने सम्मको कदम चाल्नु परेको भन्दै एक कार्यकर्ताले आक्रोश ब्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया