महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक
काठमाडाैं - आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक आज बिहीबार बस्दैछ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिट बाँडफाँट गरेकाे भाेलिपल्ट एमालेले सचिवालय बैठक डाकेकाे हाे ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।
स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।
सल्लाहकार परिषद्काे बैठक पनि बस्दै
एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेकाे हाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया