सिन्धुपाल्चोकमा कांग्रेस र एमाले मिल्न लागेको गठबन्धन दलहरूको आरोप
फाइल फोटो
काठमाडौँ - नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकले गठबन्धनप्रति कांग्रेस गम्भीर नभएको आरोप लगाएका छन् ।
सत्ता गठबन्धन दलहरुबीच छलफल हुँदाहुँदै सिन्धुपाल्चोकमा कांग्रेसले नेकपा एमालेसँग मिलेर स्थानीय तह निर्वाचनमा जान लागेको उनीहरुले आरोप लगाएका हुन् ।
आज दुई दलले शीर्ष नेताका लागि एक ध्यानाकर्षणपत्र जारी गर्दै कांग्रेसले गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत नेकपा एमालेसँग वार्ता र संवाद अगाडि बढाइ गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिहरुबीच पालिका प्रमुख उपप्रमुखको समेत बाँडफाड गरेको पाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र समाजवादीका अध्यक्ष नवराज पौडेलले जारी गरेको ध्यानाकर्षण पत्रमा कांग्रेसको यस प्रकारको गतिविधिबारे आवश्यक कदम चाल्न प्रदेश संयन्त्रलाई समेत आग्रह गरेको छ ।
सत्ता गठबन्धन दलबीच केन्द्रमा स्थानीय चुनावमा तालमेल गरेर जाने सहमति भएपनि सिन्धुपाल्चोकमा कांग्रेसको रवैयाको कारण गठबन्धनको भविष्य अनिश्चित बनेको उनीहरुले बताएका छन् ।
सत्ता गठबन्धन दलहरु नै गठबन्धनप्रति गम्भीर नभएपछि जिल्लामा चुनावी गठबन्धन अनिश्चित बनेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया