शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : केपी ओली
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताए ।
‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्काे शासित । एउटा मालिक, अर्काे दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ ओलीले भने ।
राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया