दल

धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा कांग्रेसबाट नृपबहादुर वड सिफारिस

इकागज |
बैशाख १०, २०७९ शनिबार ८:५६ बजे

कैलाली - धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसले पुनः नृपबहादुर वड नै सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेसँगै वडको सम्भावना बलियो रहेको थियो ।

शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गरेको एक नेताले बताए ।


उनले मेयरका आकांक्षी कृष्ण बहादुर महरलाई भने प्रदेश सभाका लागि टिकट दिने सहमति भएको बताए । वडले इकाजसँग कुरा गर्दै भने, 'पार्टीले पुन: अर्को कार्याकालको लागि आफूलाई धनगढी उपमहानगरपालिकाको मेयरका लागि फाइनल गरेको हो ।'

काठमाडौमा रहेका वडले टिकट फाइनल भएसँगै आजै धनगढी पुगेर राजीनामा दिने बताए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए । उनले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरेका थिए ।


Author

थप समाचार
x