एकीकृत समाजवादीले दुई उपमहानगरको उम्मेदवार टुंग्यायो, बुटवलमा गुरुङ र तुल्सीपुरमा राना सिफारिस
बुटवल - नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनीका दुई उपमहानगरमा उपप्रमुखको उम्मेदवार टुंग्याएको छ ।
बुटवल उपमहानगरमा बुटवल उपमहानगरमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरमा जोगबहादुर रानालाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीले केन्द्रीय कमिटीलाई गुरुङ र रानालाई उपमेयरका लागि सिफारिस गरेको पत्र पठाएका हुन । बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका प्रदेश सदस्य तथा बुटवल नगर अध्यक्ष हुन् ।
२०७४ सालको निर्वाचनमा गुरुङ बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै तुलसीपुरको उपमेयरमा सिफारिस राना नेकपा एसको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज छन् । लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको छ ।
तुल्सीपुरमा मेयर दाबी गरे पनि काँग्रेसको विरोधपछि समाजवादीले उपमेयरमा सहमति जनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया