सत्ता गठबन्धन
जिल्ला तहमा भइरहेको सिट बाँडफाँटप्रति माधव नेपालको असन्तुष्टि
फाइल तस्बिर
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि त्यसअनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरूलाई उत्साही नबनाएको बताए ।
‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँट उत्साहवर्द्धक थियो । यसले राम्रो सन्देश पनि दिएको छ,' उनले भने, 'तर विभिन्न जिल्लाको रिर्पोटहरू सुन्दा त्यति आशावादी/उत्साही हुने स्थिति छैन । हामीले नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नु पर्दछ भनेका थियौँ । त्यसअनुसार काम भएन ।’
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको उनको आरोप छ । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरू निराश र हतास मनस्थितिमा रहेको दाबी गर्दै उनीहरूलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया