लुम्बिनीको साँस्कृतिक नगरपालिकाका प्रमुख चौधरी लोसपा प्रवेश
बुटवल - लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरी उम्मेदवारी दर्ताको एक दिनअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन्
अघिल्लो चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका चौधरी तत्कालीन राजपामा थिए । राजपाले स्थानीय चुनाव बहिस्कार गरेका कारण उनी स्वतन्त्र लडेका थिए ।
पछिल्लो समय उनी जनता समाजवादी पार्टीमा थिए । चौधरीलाई शनिबार काठमाडौंमा लोसपाका नेताहरू राजेन्द्र महतो, महन्त ठाकुर, सर्वेन्द्रनाथ शुक्ला लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
उनी आसन्न स्थानीय तहको चुनावमा पुनः मेयर पदमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेशसँगै उनलाई लोसपाले टिकट समेत दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया