स्थानीय तह निर्वाचन
राप्रपाले टुंग्यायो चार महानगरसहित विभिन्न तहमा प्रमुख–उपप्रमुखका उम्मेदवार, कहाँ कसलाई ?
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनका लागि चार महानगरपालिकासहित विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुख उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाको शनिबार अबेरसम्म बसेको बैठकले देशका विभिन्न नगरमा प्रमुख र उप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो ।
यीमध्ये केही नगरमा उम्मेदवारको टुंगो यसअघि नै लागिसकेको थियो भने केही नगरको टुंगो शनिबार राति लागेको हो । बाँकी स्थानीय तहका प्रमुख तथा उपप्रमुखकाे पनि छिट्टै निर्णय हुने राप्रपा प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले ६ वटा महानगरपालिकामध्ये चार वटामा उम्मेदवारको टुंगो लगाएको छ । जसमा काठमाडौं, ललितपुर, पोखरा र वीरगञ्ज छन् । पार्टीले काठमाडौंको मेयरमा मदनदाश श्रेष्ठ र उपमेयरमा विनिता मगौया, ललितपुर महानगरको मेयरमा अष्ट महर्जन र उपमेयरमा स्वर्णिम शाक्य, वीरगञ्ज महानगरमा गिरिश गिरी र उपमेयरमा बिना जयसवाल र पोखरा महानगरमा शंकर खराल र उपमेयरमा रञ्जु सेनलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरको टुंगो राप्रपाले लगाएको छ । बुटवल उपमहानगरको मेयरमा पार्टीले मृगेन्द्र शेरचनलाई चयन गरेको छ। पार्टीले देशका विभिन्न नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको पनि टुंगो लगाएको छ ।
पार्टीले रुपन्देहीको सिद्धार्थनगर नगरको मेयरमा सागर प्रताप राणा, देवदहको मेयरमा माधव रिमाल, तिलोत्ताको मेयरमा भुवन खनाल, सैनामैनाको मेयरमा मीनाप्रसाद घिमिरे, पाल्पाको तानमेन नगरको प्रमुखमा सुदीप रेग्मी र उपप्रमुखमा बिर्जु खाती, ललितपुरको गोदावरी नगरको मेयरमा राजकुमारी महर्जन र उपमेयरमा रञ्जीता श्रेष्ठ खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
झापाको दमक नगरको प्रमुखमा राम थापा, गौरादहको मेयरमा गोपाल पौड्याल र उपमेयरमा भरिपूर्ण राई, कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल र उपमेयरमा सविना बजगाईँ, बाह्रदशीको मेयरमा राकुमार सिंह र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिंदेन र उपप्रमुखमा लक्ष्मी मैनालीलाई उम्मेदवारका रूपमा चयन गरेको छ ।
पार्टीले कञ्चनपुरको भीमदत्त नगरको प्रमुखमा गजेन्द्र चन्द र उपमेयरमा हेलेन श्रेष्ठ, बेलौरीको प्रमुखमा अभिषेक जोशी, दार्चुलाको गोकुलेश्वर नगरको प्रमुखमा रामानन्द सरस्वती, बर्दियाको मधुवनको मेयरमा गिरिराज पुरुष, तनहुँको भानुको शेरजंग अधिकारी, भिमादको मेयरमा विषुभक्त खनाल, शुक्लागण्डकीमा विष्णु थापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यस्तै, पार्टीले दोलखाको जिरीको मेयरमा किरण खड्का र उपमेयरमा सृष्टि न्यौपाने, बाराको निजगढको मेयरमा सावित्री देवी भारती र उपमेयरमा वासुदेव तिमिस्निा, स्यांजाको चापाकोट नगरको प्रमुखमा पदमा मुन शाह र उपप्रमुखमा जीवन पंगेनी, पुतलीबजारको मेयरमा तुलसिंह ठकुरी र गोरखाको गोरखा नगरको प्रमुखमा रुद्रराज पाण्डे र उपप्रमुखमा सम्झना लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया