माओवादीले टुंग्यायो कैलालीको मोहन्याल र चुरेमा प्रमुखका उम्मेदवार
काठमाडौँ - नेकपा माओवादी केन्द्रले कैलालीको मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकामा प्रमुखको उम्मेदवारको टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोहन्यालमा देवीदत्त उपाध्याय(हिमशिखर)लाई प्रमुखको उम्मेदवार बनाएको हो ।
त्यस्तै चुरे गाउँपालिकामा देवेन्द्र शाहीलाई प्रमुखको उम्मेदवार बनाएको छ । मोहन्याल गाउँपालिका प्रमुखको टिकट पार्टीले आफूलाई दिएको उपाध्यायले बताए । चुरेमा देवेन्द्र शाहीलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको उनले जानकारी दिए ।
उपाध्याय २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित भएका थिए ।
उपप्रमुखको उम्मेदवारबारे भने केही बेरमा टुंगो लाग्ने उनले बताए । कैलालीमा गठबन्धन गर्ने/नगर्नेबारे छलफल जारी रहेकोले उपप्रमुखका उम्मदवारको टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया