बालेन शालले गराए उम्मेदवारी दर्ता, यस्तो छ २८ बुँदे घोषणापत्र (पूर्ण पाठ)
काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।
शाहले आइतबार आज बिहान २८ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन्। उनले शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरूकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नेलगायतका विषय समावेश छन् ।
उम्मेदवार पूर्वाधार विकास, यातायात व्यवस्थापन, पानीको व्यवस्थापन गर्ने लगायतका विषयलाई पनि उनको घोषणा पत्रमा समावेश छ। त्यस्तै, उनले आफ्नो घोषणापत्रमा प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापनसँगसँगै काठमाडौंको संस्कृतिको थप विकास गर्ने र सम्पदा संरक्षण गर्ने उनको प्रतिवद्धता छ । खुला ठाउँलाई हरियाली बनाउने, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ताको प्रमाणपत्र घरमै पुगेर दिने, वृद्ध भत्ता घरमै गएर दिने योजना राखेका छन्।
शाहले ‘आइडिया बैंक’ को अवधारणा पनि ल्याएका छन्। उनको यो अवधारणाले अदक्ष र दक्ष जनशक्तिहरूको तथ्यांक संकलन गरी रोजगारी र उद्यमशीलताका अवसर खोज्ने, स्थानीय उत्पादन, साना र घरेलु उद्योगमा जोड दिने बताएको छ।
उनले आफ्नो घोषणापत्रमा सुरक्षा तथा अपराध नियन्त्रणको विषयलाई पनि प्राथमिकतामा राखेका छन्। त्यसका लागि उनले काठमाडौंमा प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गर्न आवश्यक रहेको ठानेका छन् । साथै, उनले काठमाडौंमा प्रहरीको संख्या बढाउने योजना घोषणापत्रमा व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया