५० वर्षदेखि निरन्तर वडा अध्यक्षमा नरसिंह व्यञ्जनकारको उम्मेदवारी
ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।
ललितपुर १० को वडा अध्यक्षमा पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले २०२९ सालदेखि वडा अध्यक्षमा लगातार स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिँदै आएका छन् ।
५० वर्षदेखि लगातार वडा अध्यक्षमा निर्वाचित व्यञ्जनकारले यस पटक पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । अपराजित रहेका उनले यस पटक उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया