दल

संसदीय समितिमा परेनन् शेखर, महाधिवेशनमा भागै नलिने पौडेल परे

इकागज |
बैशाख ११, २०७९ आइतबार १८:२३ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले आज गठन गरेको संसदीय समितिमा डा. शेखर कोइराला परेनन् । कार्यसम्पादन समितिले उम्मेदवार छान्न नसकेपछि गठन गरिएको संसदीय समितिमा कोइराला नपरेका हुन् । कोइराला कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका थिए । 

शेखर नपर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल भने समितिमा परेका छन् । आज सभापति शेरबहादुर देउवाले १४ सदस्यीय संसदीय समिति गठन गरेका हुन् । जसमा पदाधिकारीसहित पौडेल परेका हुन् । १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि वरिष्ठ नेता पौडेल तटस्थ बसेका थिए ।


संसदीय समिति गठन गर्दा २५ सदस्यीय बनाउनुपर्ने भएपनि अहिलेको निर्वाचनको संघारमा पदाधिकारीसहित एक सदस्य थप गरी १४ सदस्यीय संसदीय समिति  गठन गरेको कांग्रेसका एक सदस्यले बताए । थप सदस्य पछि सभापति शेरबहादुर देउवाले मनोनयन गर्नेछन् ।  

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुङ्ग्याउन नसकेपछि संसदीय समिति गठन गरिएको भनिएतापनि विधानत महानगरपालिकाको उम्मेदवार चयन गर्दा संसदीय समितिबाटै गर्नुपर्ने कानुनी व्यवस्था छ । 


Author

थप समाचार
x