दल

कांग्रेस शीर्ष नेताहरुबीच आज दिनभर के के भयो ?

इकागज |
बैशाख ११, २०७९ आइतबार १९:५९ बजे

फाइल फोटो

काठमाडौँ - आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म कांग्रेसले उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार चयन गर्न सकेको छैन् । 

केही दिनदेखि राति अबेरसम्म छलफल गरेका शीर्ष नेताहरुको बैठकमा सहमति खोज्ने प्रयास गरिएपनि त्यसले सार्थकता पाउन सकेन । तीन महानगरपालिकामध्ये काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेको कांग्रेसले ललतिपुर महानगर र विराटनगर महानगरको उम्मेदवार चयन गर्न सकेका छैन । 


आज पनि कार्यसम्पादन समिति र शीर्ष नेताहरुबीच पटक पटक गरेका छलफलले सार्थक निष्कर्ष निकाल्न सकेन । सभापति शेरबहादुर देउवाले नेताहरुलाई एक्लाएक्लै भेटेर र सामूहिक भेटेरसमेत छलफल गरेका छन् । 

आज दिनभर कांग्रेसले उम्मेदवार छान्न के के गर्यो ?

बिहान नौ बजेदेखि शीर्ष नेताको बैठक बोलाइएको थियो । त्यस्तै ११ बजेदेखि कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो । तर, तीन बजेतिर मात्रै पार्टी कार्यलय सानेपामा १० मिनेटजति शीर्ष नेताहरुकौ बैठक बस्यो । त्यसपछि कार्यसम्पादनको बैठक बसेर टुंगियो । 

कार्यसम्पादन समितिको बैठकले संसदीय बोर्ड गठन गर्यो । कांग्रेसको विधानमा संसदीय बोर्डले टिकट दिने व्यवस्था छ । 

अहिले साँझ ६ बजे पुनः शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्ने भनिएपनि त्यो बैठक बस्न सकेन । शीर्ष नेताको बैठक बालुवाटारमा भोलि बिहान १० बजेका लागि बोलाइएको छ । 


Author

थप समाचार
x