कैलालीमा तीन दलीय गठबन्धन, लामो रस्साकस्सीपछि सिट बाँडफाँटमा सहमति
काठमाडौं - कैलालीमा सत्तारूढ तीन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति एको हो ।
गएराति भएको सहमतिअनुसार धनगढी उपमहानगरपालिकासहित सात पालिका कांग्रेसले पाउने भएको छ । टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ।
माओवादी केन्द्रले चार पालिका पाउने भएको छ । जसअनुसार गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका पाउने सहमति भएको छ। त्यस्तै घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका प्रमुखमा एकीकृत समाजवादीले पाउने सहमति भएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया