कपिलवस्तुमा गठबन्धनमा सहमति जुटेन, १० वटै पालिकामा एक्लै चुनाव लड्दै कांग्रेस
बुटवल - नेपाली कांग्रेसले कपिलवस्तुका १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिक्लिएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो ।
१० वटै पालिकामा कांगैस एक्लै चुनाव लड्न लागेको हो । कपिलवस्तुको ६ नगरपालिका र ४ गाउपालिकामा लड्ने उम्मेदवारको नाम टुंगो लागेको हो ।
कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेय अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रबिराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धुभुमी नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन् ।
यस्तै कृष्णनगरमा मेयरमा रजत प्रताप शाह र उप मेयरमा आरती देबी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन् ।
पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उप मेयर शोभावती यस अघि २०७४ सालमा समेत निर्वाचित मेयर र उप मेयर हुन् । यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ र मीरा थारु यस अघिको निर्वाचनमा मेयर र उप मेयरमा जितेका थिए ।
कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यस अघि मेयरमा जितेका उम्मेदवार हुन्। २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजत प्रताप शाह ३ महिना अघि कांग्रेसमा प्रबेश गरी मेयरमा उम्मेदवारी दिदै छन् ।
उता नेपाली कांग्रेस कपिलवस्तुले ४ वटै गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम आईतावार नै टुंगोे लागएको थियो । चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेबी र बिजयनगर गाउपालिकाको प्रमुख र उप प्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए ।
मायादेवी गाउपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उप प्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउपालिकाको प्रमुखमा रामनयन यादव र उप प्रमुखमा सुधादेबी पाण्डेय र बिजयनगर गाउपालिको प्रमुखमा रफिक मुसलमान र उप प्रमुखमा निशा थारुले टिकट पाएका हुन् ।
यस्तै यशोधरा गाउपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उप प्रमुखमा टिकट पाएका छन । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए । यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेवी पाण्डयले भने यस अधिको निर्वाचनमा उप प्रमुखमा निर्वाचित भएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया