काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गराए उम्मेदवारी
काठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएका केशव स्थापितले मनोनयन दर्ता गराएका छन् । स्थापित सोमबार दिउँसो प्रमुख निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थापितसँगै एमालेबाट काठमाडौं महानगरमा उपमेयरको टिकेट पाएकी सुनिता डंगोल उम्मेदवारी दर्ता गराएकी छन् ।
दुवै जना बाजागाजासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
स्थापित २०५४ सालमा काठमाडौं महानगरको प्रमुख भइसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया