दल

मकवानपुरको इन्द्रसरोवरमा २ जना वडा सदस्य निर्विरोध

इकागज |
बैशाख १३, २०७९ मंगलबार ८:४३ बजे

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएका हुन् ।

दमाई र सुनारको उक्त वडामा एकल उमेदवार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

इन्द्रसरोवरमा ५ वटा वडाको ५ अध्यक्षका लागि २२ जनाको उमेदवारी परेको छ भने १० वडा सदस्यका लागि ३५ जना ५ जना महिला सदस्यको लागि १८ र दलित महिला सदस्य पदको लागि ११ जनाको उमेदवारी परेको जारी सूचनामा उल्लेख छ ।



Author

थप समाचार
x