देशभर १ लाख ४४ हजार मनोनयन दर्ता, आयोग भन्छ– यो संख्या अझै बढ्छ
काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विभिन्न पदका लागि मनोनयन दर्ता गराउनेको संख्या सार्वजनिक गरेको छ । आयोगले मंगलबार दिउँसो अद्यावधिक गरेको तथ्यांक अनुसार देशभर विभिन्न पदमा आवेदन दिनेको संख्या १ लाख ४४ हजार ४ सय १६ पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न कारणले सबै ठाउँबाट आयोगमा तथ्यांक आइनसकेकाले मनोनयनकर्ताको संख्या अझ बढ्ने बताए।
‘
यो तथ्यांक हामीलाई मंगलबार बिहानसम्म प्राप्त भएको तथ्यांक हो,’ प्रवक्ता पौडेलले इकाजसँग भने, ‘इन्टरनेटलगायत विभिन्न कारणले गर्दा सबै ठाउँबाट हामीले तथ्यांक प्राप्त गर्न सकेका छैनौँ। यो संख्या अझ बढ्नेछ ।’ उनले केही ठाउँमा सोमबार मनोनयन दर्ता आएकाहरुमध्ये केहीको दर्ता हुन बाँकी भएको पनि बताए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशभरबाट डेढ लाख बढी उम्मेदवारी दर्ता भएको उनको बताए ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि सोमबार बेलुका ५ बजेसम्मका लागि मनोनयन दर्ता खुला गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया