दल

एमालेले प्रतिगमनकारी कदम चालेकाले यथास्थितिवादी काँग्रेससँग गठबन्धन गर्नुपर्योः देवप्रसाद गुरुङ

इकागज |
बैशाख १३, २०७९ मंगलबार १४:३९ बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भईरहेको बताएका छन् । 

सत्तारुढ दलहरुबीचको सहमती विपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भईरहेको बताएका हुन् । 


उनले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए । 

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी काँग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गरे । 

‘उम्मेदवारी फिर्ता लिने बेलासम्म संवाद छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं । कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफनो दलको नोमिनेशन गराएका छन । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भईराखेको छ । कथमकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढन तयार छौं ।’

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए । 

उनले उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।   


Author

थप समाचार
x