सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
फाइल तस्बिर
काठमाडौँ - सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ देखि कार्यान्वयनमा आउने प्रवक्ता कार्कीले बताए । उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान साढे ९ बजेदेखि र साँझ साढे पाँच बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया