नेपालकै प्रस्तावमा एमसीसी आएको गृहमन्त्रीको दाबी
फाइल फोटो
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।
उनले एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस परियोजनाले नेपालमा गरिबी निवारण र रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे ।
गृहमन्त्री खाणले पूर्ववर्ति सरकारले करिव ४ वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । उनले एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली काँग्रेस अग्रपंक्तिमा रहेर लड्ने बताए ।
यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत गरे । गृहमन्त्री खाणले अहिले नेपाललाई अर्थतन्त्रको समस्या रहेको बताए ।
उनले अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिनुपर्ने बताए । गृहमन्त्री खाणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुंगा साबित हुने दाबी गरे ।
गृहमन्त्री खाँणले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यकालमा नेपाली काँग्रेस देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे । उनले जितसँगै नेपाली काँग्रेसको अग्रसरतामा देशले विकासमा फड्को मार्ने पनि बताए ।
गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिवद्धता जनाए ।
उनले स्थानीय तह निर्वाचनमा कतै त्रुटी र कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने विश्वास पनि व्यक्त गरे । उनले गठबन्धनलाई नेपाली काँग्रेसको महाधिवेशनले पनि स्वीकारेको भएकोले स्थानीय तहको निर्वाचनमा केन्द्रले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्न पनि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया