दल

उम्मेदवारको मुख नहेरी रुख चिन्हमा मतदान गरौँ : महामन्त्री शर्मा

इकागज |
बैशाख १५, २०७९ बिहीबार १३:२६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवारको मुख नहेरी रुख हेरेर मतदान गर्न नेता-कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रुख चिन्हमा मतदान गर्न आग्रह गरेका हुन् । 


उनले रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए। ‘यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो,' उनले भने, ' नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्न म अपिल र आग्रह गर्न चाहान्छु ।'

महामन्त्री थापाले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरूलाई विस्थापित गरेर बिद्युतीय गाडी बिस्तार गरिने पनि उनको भनाइ छ ।


Author

थप समाचार
x