दल

यस्ता छन् सिर्जना सिंहका सात संकल्प

फोहोर व्यवस्थापनमा 'जिरो वेष्ट म्यानेजमेन्ट' अवधारणा

इकागज |
बैशाख १५, २०७९ बिहीबार १३:४९ बजे

काठमाडौँ - काठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेकी हुन् । 

सिंहले सात संकल्प शीर्षकमा प्रतिवद्धता पत्र सार्वजनिक गरेकी हुन् । सात 'स' मा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा, र सभ्यता, सबल र समुन्नत पुर्वाधार र  सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी समेटेकी छन् । 


उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ ,’ सिंहले भनिन् । 

काठमाडौं महानगरभित्र देखिएको बाटोघाटो समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ । ‘काठमाडौंलाई हिड्न योग्य सहर बनाउनेछु । प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु । जताततै खाल्टाखुल्टी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु,’ सिंहले आफ्नो प्रतिबद्धतामा भनिन् । 

आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन् । ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु । काठमाडौंमा विभिन्न किसिमका महिलाहरू छन् । आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन । उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु ।’ 

काठमाडौंमा रहेका विदुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागि समेत विशेष राहतको प्याकेज ल्याउने बताइन् । सबैभन्दा पहिला काठमाडौंलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ । ‘महिला दिदीबहिनीलाई राति एक्लै हिड्न सुरक्षा छैन । काठमाडौंमा सबैभन्दा पहिला झिलिमिली बनाउनेछु । राति पनि काम गर्ने महिलाहरूलाई सुरक्षित छ भन्ने बनाउँछु,’ उनले भनिन् । 

आफू एक दिन रातभर एक्लै काठमाडौंमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन् । बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ । ‘काठमाडौंमा सामुदायिक स्कूलसँग समन्वय गरेर शिशु स्याहार केन्द्र स्थापना गर्नेछु । जसले गर्दा आमालाई आफ्नो बच्चा सुरक्षित छ भन्ने हेक्का हुनेछ,’ उनले भनिन् ।   

महानगरमा बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ । खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ । त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ । उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ । 

त्यस्तै विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन् ।  

प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ । काठमाडौंमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन् ।

यस्ता छन् सिर्जना सिंहका सात संकल्प

१. सेवा र सुशासन 
( महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही  चलाउने संकल्प गर्दछु ।   
( भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु ।
( संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु । 

२.   स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा
( शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुंचयुक्त बनाउनेछु ।
( महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरूमा रोकथाम, परिक्षण, उपचार र पुनर्स्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको संचालन गर्नेछु ।
( ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति बिपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु ।

३.  स्वच्छ, सफा, दिगो पर्यावरण 
( काठमाडौं महानगरलाई श्भचय ध्बकतभ नगरपालिका बनाउनेछु ।
( पिउन योग्य पानी, श्वाश फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु । 
( सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनस््र्थापना तथा विस्तार गर्नेछु । 

४. सुरक्षित सहर 
( महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु ।
( विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु ।

५. संस्कृति, सम्पदा, र सभ्यता  
( मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु ।
( गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु ।

६. सबल र समुन्नत पुर्वाधार
( सहज रुपमा हिंडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई बिकास गर्नेछु ।
( महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रबिधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु ।
( महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पुर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु ।  

७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी 
( युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि 
आवश्यक पहलकदमी लिनेछु ।  
( उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु । जय नेपाल


Author

थप समाचार
x